|

काठमाडौं : वाग्मती नदी सफाइ महाअभियानले आज तीन सयौँ हप्ता पूरा गर्दैछ। ३००औँ हप्ता पुगेको अवसरमा ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराकासाथ आज शंखमूलस्थित नदी किनारमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

शनिबारहानै आलोकनगर र यूएन पार्कबाट जनजागरण र्‍यालीसहित शंखमूलमा जम्मा भएर सफाइसहित विशेष कार्यक्रम गरिदैँछ। कार्यक्रमलाई बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ। 

हाल उपत्यकाका विभिन्न स्थानका साथ उपत्यकाबाहिर समेत गरी १०२ स्थानमा नदी एवं नगर सफाइका कार्यक्रम भइरहेका छन्। २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए। शुरुवाती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गरेका थिए।

१०० औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो। २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न १० बुँदे घोषणापत्र जारी गरिएको थियो।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार नै ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुनेगरी कार्यक्रम घोषणा गर्ने जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.