|

सुनसरी : मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २१ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। खेल दिउँसो सवा ३ बजे सुरु हुने आयोजकले जनाएको छ।

धरान उपमहानरपालिका–१६ स्थित प्रादेशिक रंगशालामा हुने उद्घाटन खेल संकटा क्लब काठमाडौं र झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ। फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी रहेको क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष राईले जानकारी दिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडीले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.