|

मुगु : जिल्लाका गाउँबेसी हिउँले सेताम्य भएका छन्। हिमपातले मुगु सदरमुकमा गमगढी बजार क्षेत्र लगायत आसपासका गाउँबस्ती, रुख सेताम्य भएका छन्।

हिमपातले गर्दा जाडो बढेपछि जनजीवन उत्तिकै प्रभावित बनेको छ। जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकमारोङ गाउँपालिका रहेका बस्ती  मुगु, डोल्फु, ताखा, खारी चितैलगायत बस्तीमा भारी हिमपात भएको छ। हिमपातका कारण हवाइ सेवासमेत अवरुद्ध भएको छ।

गाउँबस्तीबाट सदमुकाम गमगढी बजार आवतजावत गर्न स्थानीयलाई असहज भएको छ। हिमपातले जनजीवन प्रभावित बनेपनि बाली, फलफूल तथा जडिबुटी सप्रिने आशमा किसान भने निकै खुशी भएका छन्। खडेरीले काकाकुल भएका किसान हिमपातले खुशी भएका हुन्।

मुगुमा यो वर्ष चार पटक हिमपात भइसकेको  छ।  माथिल्ला क्षेत्रमा तीन पटक हिउँ परिसकेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.