पानी परिरहे अवरुद्ध नहुने

|

चितवन : चितवनमा आज शनिबार दिनभर विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना जारी गरी शनिबार दिनभर विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको हो।

भरतपुर महानगरपालिको बाइपास सडक विस्तारका क्रममा विद्युतीय संरचनाहरू सार्नुपर्ने भएकाले शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जिल्लाभरी नै विद्युत् आपूर्ति अवरुद्ध हुने जारी सूचनामा जनाइएको छ। भृकुटी फिडर, गैँडाकोट फिडर, नारायणघाट फिडर, भरतपुर १ फिडर र हस्पिटल फिडर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउनु गर्नुपर्नेछ।

यस्तै, भरतपुर १३२/३३/११ के भी सवस्टेशन मर्मत कार्यका लागि ३३ केभी लाइन (पर्सा ३३/११ केभी सवस्टेशन, चनौली र माडी ३३/११ केभी सवस्टेशन गएको लाइन) तथा भरतपुर २ फिडर र औद्यौगिक २ फिडर बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सटडाउन गर्नुपर्ने भएको सूचनामा उल्लेख छ। काम सम्पन्न भए निर्धारित समयअगावै पनि विद्युत् आपूर्ति सहज हुने केन्द्रले जनाएको छ ।

यसैबीच भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महत्तोले पानी परिरहे विद्युत् आपूर्ति अवरुद्ध नहुने बताए। पानी परिरहे काम गर्न नसकिने र काम नभएपछि लाइन नकाटिने भएकाले विद्युत् आपूर्ति पनि नियमित सुचारु रहने महत्तोको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.