|

चितवन : रत्ननगर नगरपालिका–७ बछ्यौलीकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा कोल्ही नगरपालिका घर भई रत्ननगरमा बस्दै आएका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमार रहेको रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। 

उनीहरुले शुक्रबार साँझ किशोरीलाई आर्थिक प्रलोभनमा पारी कोठामा लगी शुक्रवार साँझ बलात्कार गरेको प्रहरीको भनाइ छ। पक्राउ पर्ने चौधरी र कुमारलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट मादक पदार्थ सेवान गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक ज्ञवालीले बताए।

पीडितलाई स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेकाहरुमाथि बलात्कार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ। आरोपितहरु रत्ननगरमा मजदुरी गर्दै आएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.