|

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करणको उद्घाटन गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमिले शनिबार धनगढीमा एक कार्यक्रम गर्दै डिपिएलको-३ उद्वघाटन गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहमद सफिकलाई ब्याट र बल दिएर लिगको उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन भए पनि खेल भने सोमबारदेखि मात्रै सुरु हुने आयोजकले जनाएको छ। शनिबारबाट सुरु हुने भनिएको लिग दुई दिन पछाडि सरेको हो। लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पछाडि सारिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। सोमबारदेखि दैनिक दुईवटा खेल हुने छन्। पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन्।

त्यस्तै शनिबारको उद्घाटन कार्यक्रमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई धनगढी क्रिकेट एकेडेमिले सम्मान गरेको छ। एकेडेमीले जनही एक/एक लाखसहित अग्रवाललाई धनगढी क्रिकेट सम्मानर भट्टराईलाई अर्जुन खड्का स्मृति सम्मानबाट सम्मानित गरेको हो। सम्मानित दुवैले धनगढी क्रिकेट एकेडेमिले आफूहरूको उच्च मूल्यांकन गर्दै सम्मान गरेकोमा खुसी व्यक्त गरे।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ। प्रतीयोगीतामा प्रथम हुनेले ३० लाख हात पर्ने छ। उपविजेताले १२ लाख रुपैँया हात पार्नेछ। यस्तै, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन्।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.