|

सिमकोट : हुम्लामा भारी हिमपातसँगै चलेको तीव्र हावाहुरीले दर्जनभन्दा बढी विद्यालयहरूको छानो उडाएको छ।

माघ ८ गतेदेखि पटक पटक हिमपात पछि चलेको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरवर मावि र साहार समुहको छात्राबासको छानो उडाएको छ। त्यसैगरी रलिङ्ग मावि बरगाउँ, खार्पुनाथ गाउँपालिका १ को लालिमा रहेको मालिका मावि, कैलाश आधारभूत विद्यालय प्युसा लगायतका विद्यालयहरूमा रहेका कक्षा कोठाको छाना उडाएको  मानसरवर माविका शिक्षक धनबहादुर ऐडीले बताए। मानसरवर माविको कक्षा १२ कोठ भवनको पुरै छत हावा हुरीले उडाए पछि हिउँ कोठाभित्र पसी करिव ३ फिट कोठाभित्र हिउँ जमेको र फाल्न समेत समस्या भएको शिक्षक एेडीले बताए।

५७ जना फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाए पछि अपांग विद्यार्थीलाई समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन क्षेष्ठले बताए। अहिले छानो उडाए पछि फरक क्षमता भएका बालबालिका खुला आकाशमुनि हिमपातमा बस्न बाध्य भएका छन्। उता लाली माविको २ तले ४ कोठा भवन  र कैलाश आधारभूत विद्यालयका ८ कोठा हुरीले छानो उडाउँदा पठनपाठनमा समेत समस्या हुने भएको कैलाश  आधारभूत विद्यालयका प्रधानाध्यापक भानुभक्त जैसीले बताए। 

कोठामा राखिएका खाध्यन्न समेत हिउँले भिजाएर खाना पकाउन समेत नहुने भएको बताए। हिउँ हावाहुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत व्यापक क्षति भएको छ। उता स्थानीय बासिन्दाका टिनले छाएका घरका छाना समेत उडाएको छ। खार्पुनाथ गाउँपालिका १ निवासी तेजबहादुर शाही, जितबहादुर शाही, लुर्के शाहीकै घरको छान उडाएको लालीबाट जितबहादुर शाहीले बताएका छन्।

हुम्लामा हिमपातसँग चलेको हावाहुरीले अधिकांश विद्यालय र स्थानीय बासिन्दाको घरको छान उडानुको साथै घरका दिवाल भत्काएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ। अहिले जिल्लाभरि के कति क्षति भएको एकिन खबर नआएको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.