|
File Photo

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकास्थित इलाका प्रहारी कार्यलय कपिलाकोटमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको  छ।

अभियुत्त पक्षले प्रहरिमाथि ढुंगामुडा गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। अहिले स्थिति तनाबग्रस्त रहेको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २० राउन्ड हवाई  फायर गरेको छ।

स्थानीयहरूबीच भएको विवादका क्रममा दुई जनालाई केही दिन अघि प्रहरी पक्राउ गरेको र शनिबार पुनः एक जनालाई पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थानीयले पक्राउ गरेकालाई रिहाइ गर्न माग गर्दै इलाका प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.