|
प्रतीकात्मक तस्बिर

सुर्खेत : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहभागी भएको कार्यक्रममा ढुंगा प्रहार भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ प्रालीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी मुख्यमन्त्री शाही बसेको स्टेजमा ढुंगा प्रहार भएको हो।

कार्यक्रमस्थलको अगाडि ड्यासमा बसेका मुख्यमन्त्री शाहीसँगै बसेका डिआइजी महेश विक्रम शाहको बायाँ खुट्टामा चोट लागेको छ। ढुंगा प्रहारलगत्तै मुख्यमन्त्री शाहीले स्टेजमा गीत गाहिरहेका गायक रामकृष्ण ढकाललाई बीचमा रोक्दै आफ्नो छोटो सम्बोधन राखेर कार्यक्रम स्थलबाट बाहिरिएका छ्न्। ढुंगा प्रहार भएपछि सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले ढुंगा प्रहार गर्नेको खोजी गरिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.