|

स्पेनिस ला लिगा फुटबलमा म्याड्रिड डर्बि भिडन्तमा रियलले बाजी मारेको छ। दोस्रो स्थानमा रहेको एथलेटिकोलाई ३–१ ले पाजित गर्दै रियल म्याड्रिडले एथलेटिकोलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भयो। रियलको एक खेल कम खेलेको बार्सिलोनासँग अब ५ अंकको अंक दुरी भएको छ। 

शनिबार राति एथलेटिकोको घरेलु मैदानमा रियल उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। एथ्लेटिको मड्रिडलाई हराउने क्रममा रियलका लागि कासेमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे। एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन्।

१६ औँ मिनेटमा कासेमिरोको गोलबाट रियललले सुरुवाती अग्रता लिएको थियो। २५ औँ मिनेटमा ग्रिजम्यानले एथ्लेटिकोका लागि बराबरी गोल फर्काए। ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरेपछि पहिलो हाफमा रियल म्याड्रिडले २–१ को अग्रता बनाएको थियो।

७४ औँ मिनेटमा बेलले गोल गरे र रियल म्याड्रिडलाई ३–१ को अग्रता दिलाए। रियलको जितमा गोल गरेका बेलले आफ्नो १ सयौं गोल पुरा गरेका छन्। बेलले रियलबाट २१७ खेलमा १०० सयौं गोल संभव बनाए बेलले गोल गरेको ६ मिनेटपछि अर्थात ८० औँ मिनेटमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो। एथ्लेटिकोका थोमस पार्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

जितपछि रियलको २३ खेलबाट ४५ अंक भएको छ । तेस्रो स्थानमा झरेको एथ्लेटिकोको ४४ अंक छ । रियल मड्रिड एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोनाको ५० अंक रहेको छ। ला लिगा अन्तर्गत शनिबार नै भएका अन्य खेलमा गेटाफेले सेल्टा डी भिगोलाई ३–१, स्पानियोलले रायो भालेकानोलाई २–१ तथा हुएस्काले जिरोनालाई २–० ले पराजित गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.