|

भारत र न्यूजिल्याण्डको तेस्रो तथा अन्तिम टि–ट्वान्टी क्रिकेट आज हुँदैछ।

न्यूजिल्याण्डको घरेलु मैदानमा आइतबार मध्यान्ह शुरु हुने खेलमा दुवै टोलीले एक एक खेल जितेका छन्।  न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले पहिलो टि–ट्वान्टीमा ८० रनको लज्जास्पद हार ब्यहोरेको थियो भने दोस्रो टि–ट्वान्टीमा भने उत्कृष्ठ पुनरागमन गर्दै भारतले घरेलु टिम न्यूजिल्याण्डलाई सात विकेटले हराएको थियो। 

न्यूजिल्याण्ड भ्रमणमा रहेको भारतले पाँच ओडिआइ र तीन टि–ट्वान्टी खेल्न त्यहाँ पुगेको हो। पाँच ओडिआइमा भारतले न्यूजिल्याण्डलाई चार–एकले हराएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.