|

थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टीले उनको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको छ। 

थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको  दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो।

राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए। थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ।

६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.