|
फाइल फोटो

गोरखा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व- स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनमा सभापति नै उठ्न आफू तयार रहेको बताएका छन् । आइतबार प्रेस युनियन गोरखाले गरेको पत्रकार सम्मेलनमा नेता थापाले पार्टी युवाहरूले हाँक्ने बेला आएको र युवाहरू सक्षम पनि भइसकेको भन्दै यस्तो बताएका हुन्।

‘पाका पुस्ताका नेताहरूले विश्राम गरी अब नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ,’ उनले भने, ‘कथाले मागे आगामी महाधिवेशनमा सभापति बन्न तयार छु।’ उनले कार्यकर्ताले जिम्मेवारी दिए आफू लिन तयार रहेको बताए।  ‘पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहनाअनुसार नै अघि बढ्छु’ थापाले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.