|

सुनसरी : उद्घाटन हुने तय भए पनि वर्षाका कारण शनिबार स्थगन भएको बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आइतबार सुरु हुँदैछ। उद्घाटन दिउँसो सवा ३ बजे हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।

धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा हुने उद्घाटन खेल संकटा क्लब काठमाडौं र मेची नेत्रालय काँकडभिटा फुटबल टे«निङ सेन्टरबीच हुने छ। उद्घाटन खेल एक दिनपछि सारिएकाले बाँकी सबै खेल सोही अनुसार धकेलिएको छ।

फागुन ५ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित कुल आठ वटा टिम सहभागी रहेको क्लबका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले बताए। 

प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउने अध्यक्ष राईले जानकारी दिए। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन्। साथै, सर्वाधिक गोलकर्ता खेलाडीले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.