|

काठमाडौ :  कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै असन्तुष्ट बन्दै आएका छन्।  पुन: आन्दोलनमा उत्रिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएर बसेका सरकारी चिकित्सकहरूलाई प्रहरीले प्रकाउ गरेको छ। पक्राउ गर्ने क्रममा तीन चिकित्सकहरू घाइते भएका छन्। घाइते हुनेहरूमा राकेश यादव कपिल गौतम र विशाल ज्ञावली रहेका छन्। 

केही समय आन्दोलन गरेर ३० पुसमा सरकारसँग सम्झौता गरेका सरकारी चिकित्सकहरूले कर्मचारी समायोजन प्रक्रिया लागू भइसकेको अवस्थामा पनि सरकारले आफूहरूसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै फेरि आन्दोलन सहित आइतबार मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेका २५ जना चिकित्सकहरूलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस कल्ब भृकुटीमण्डपमा लगेको धर्नामा सहभागी सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए।

उनले भने, 'हामीले हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार मन्त्रालयमा पुगेर शान्तूर्ण धर्ना दिइरहेका थिएयौँ त्यहीबेला प्रहरीले म लगायत २५ जना साथीहरुललाई प्राउ गरेको हो।'कर्मचारी समायोजनको विषयलाई लिएर सरकारी चिकित्सक संघ ( गोदान)ले असहमति जनाउँदै आएको छ।

गोदनका अध्यक्ष डा दिपेन्द्र पाण्डेले मन्त्रालयको समायोजनका विषयमा मन्त्रालयमा पुगेका चिकित्सकमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको बताए।यसअघि समायोजन प्रक्रियामा विरोध गर्दै आएका सरकारी चिकित्सकहरूसँग सरकारले वार्तामार्फत  आठबुँदे सम्झौता गरेको थियो।

 सरकारी चिकित्सकहरूलाई कर्मचारी समायोजनमा विभेद गरिएको भन्दै यसलाई नै मुख्य माग राखेर आन्दोनमा उत्रिएको सङ्घले संघीय लोकसेवा आयोगद्वारा नियुक्त चिकित्सक तथा अधिकृतहरूलाई संघीय आयोगबाटै परिचालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने, स्वास्थ्य सेवामा ११ औँ तह वा सो भन्दा माथि छुट्टै समूह नराख्ने र संघीय निजामती सेवामार्फत परिचालन गर्दा स्वास्थ्य सेवाको कर्मचारी अन्य मन्त्रालयको सचिव पनि हुन पाउने व्यवस्था गर्ने सम्झौता भएको थियो। यस्तै स्वास्थ्य प्रतिष्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, नन् प्राक्टिस भत्ता लागू गर्ने , देशभर रहेका सम्पूर्ण सरकारी चिकित्सक सङ्घ रहने व्यवस्था गरिने लगायतको सहमति भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.