|

काठमाडौंः वीरगञ्जमा निर्माणाधीन विपी उद्यानको नाम परिवर्तन गरेर शहीद उद्यान बनाउने प्रदेश २ सरकारको निर्णयमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेस आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बर्तमान सरकारले केन्द्रदेखि प्रदेशसम्म कांग्रेसमाथि निरन्त आक्रमण गरेको बताएको हो।

यसअघि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई प्रदेश सरकारमा लाने भनेर आक्रमण गरेको र अहिले फेरि विपी कोइरालाको नाममा वीरगञ्जमा शिलान्यास गरिएको विपी उद्यान पार्कलाई प्रदेश सरकारले अर्कै नाममा निर्माण गर्ने भनी पुनः शिलान्यास गरेकामा कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र सरकारले गोपाल गिरीलाई वीरगञ्ज उपमहानगरको मेयर बनाउँदा पनि नमेटिएको विपीको नाम अहिलेको केपी ओली नेतृत्वको सरकारले मेट्न खोजेको आरोप लगाए। राजाले नियुक्त गरेका मेयरले पनि १० विघाह जग्गामा विपी पार्क बनाउने प्रतिबद्धता जनाएको समेत उनले स्मरण गरे।

तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द ्रलोहनीले विपि उद्यानको शिलान्यास गरेको अवस्थामा अहिले आएर प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले विपीको नाम मेट्ने गरी फेरि शिलान्यास गरेको उनले बताए।

‘लालबाबु राउतले अहिले आएर शहीदको नाममा उद्यान बनाउने घोषणा गरे। यो विषय गम्भीरता पूवर्क कांग्रेसले लिएको छ,’ शर्माले भने, ‘निषेधको राजनीति चलाउन खोजिएको छ, हामी विरोध गर्दछौंँ।’ उनले यो विषय नसच्याएसम्म कांग्रेसले केन्द्र र प्रदेशको सरकारमा विरोध जनाउने उनले बताए।

तत्कालीन समयमा उक्त जग्गा व्यक्तिलाई बेच्ने विषयमा लफडा हुँदा विपी उद्यान बनाउनका लागि मात्रै प्रयोग गर्ने भनेर निर्णय भइसकेको अवस्थामा अहिले फेरि कम्युनिष्ट सरकारले कांग्रेसमाथि बलमिच्याईं गर्न खोजेको आरोप शर्माले लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.