|

काठमाडौं : नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुन १८ गते हुने भएको छ।

नेपाली सेनाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो वर्ष ‘रन फर फन’ भन्ने मूल नारामा प्रतियोगिता हुन लागेको जानकारी दिएको छ। प्रतियोगिता महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिन लागेको सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमझीले जानकारी दिए।

प्रतियोगिता विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने गरि आयोजना गर्न लागिएको प्रमुख रायमाझीले जानकारी दिए। प्रतियोगितामा ४२.१९५ किमीको म्याराथन, हाफ म्याराथन महिला/पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमीको दौड आयोजना हुने भएको छ। म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्।

त्यसैगरी १० किमी दौडमा विदेशी सैनिक सहचारी (महिल/पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ। म्याराथनमा पहिलो हुने खेलाडीले एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछन् भने दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाउने छन्।

हाफ म्याराथनअन्तर्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार रुपैयाँ पाउने छन्। पाँच किमी वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.