खेलकुद

'बि' डिभिजन लिग : रानीपोखरी र पुल्चोकको विजयी सुरुवात
SHARES

माघ २७, २०७५

    काठमाडौं : रानीपोखरी कर्नर टिम आरसिटीले शहीद स्मारक ’बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

    आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आरसिटीले नयाँ बस्ती युथ क्लबलाई ३–१ ले गोल अन्तरले पराजित गर्दै पहिलो जीत निकालेको हो। सुरुवातमा एक गोलले पछाडि परेको अवस्थामा जित निकाल्दै आरसिटीले खेल आफ्नो पक्षमा पारेको थियो। आरसिटीको जितमा संसार नन्द पलान्चोकेले दुई गोल गरे भने  पुकार आले मगरले एक गोल गरे। खेलको पहिलो मिनेटमा नै  नयाँ बस्ती युथ क्लबका सानी कुमार चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए।

    खेलको २९ मिनेटमा आरसिटी प्राप्त भएको पेनाल्टीलाई गोलमा बदल्दै पुकारले खेल बराबरीमा ल्याएका थिए। खेलको ५१ र अतिरिक्त समयमा गोल गर्दै संसार नन्द पलान्चोकेले आरसिटीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए। यो जितसँगै आरसिटीको तीन अंक भएको छ।

    यस्तै, आइतबार नै भएको दोश्रो खेलमा पनि पुल्चोक स्पोर्टस् क्लबले  बाँसबारी क्लब माथि ३–१ को जीत निकालेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुल्चोकका लागि टेकराज गुरुङ १७ औं मिनेटमा पहिलो गोल गरेका थिए।

    यता गोलका लागि संघर्ष गरिरहेको बाँसबारीले नवीन थापाको गोलबाट ४७औँ मिनेटमा बराबरी गरेको थियो। बराबरी भएको ५२ औँ मिनेटमा पुल्चोकका लागि रामकाजी कुमालले गोल गर्दै अग्रता दिलाए भने ९३औँ मिनेटमा पुल्चोकका सुशील गुरुङले गोल गर्दै जित सुनिश्चित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]