|

दार्चुला : भारतीय कलाकार नारायण सोराडी र नानु बिष्टको टोलीले आइतबार खलंगामा नेपाली दर्शकलाई नचाएका छन्। दार्चुला व्यापार पवर्द्धन पर्यटन मेला तथा दार्चुला महोत्वसको तेस्रो दिन भारतीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत् दर्शक नचाएका हुन्।

दर्जन बढी कुमाउनी, गडवाली, हिन्दी र नेपाली गीत गाएका यी दुई भारतीय गायकलाई साथ दिन नृत्य र बाद्यवादन टोली समेत भारतबाट आएको थियो। सीमा वारपार व्यापार बढाउने तथा साँस्कृतिक आदान प्रदानका लागि महोत्सवमा भारतीय कलाकारहरू बोलाइएको दार्चुला उद्योग वाणिज्य संघका सचिव सर्पराज बडूले जानकारी दिए।

भारतीय कलाकारहरूका कारण भारतीय नागरिकहरूले महोत्सवमा सहभागिता जनाउने र एक अर्काको गीत संगीतको समेत आनन्द लिन पाइने हुँदा सोराडी र बिष्टसहित डेढ दर्जन भारतीय कलाकारलाई प्रदर्शनका लागि महोत्सवमा बोलाइएको सचिव बडूको भनाई छ।

हजारौं भारतीय नागरिक

दार्चुला महोत्सवको तेस्रो दिन भारतीय कलाकारको प्रस्तुति रहने जानकारी पाएपछि आइतबार महोत्सवमा करिब २ हजारको हाराहारीमा भारतीय नागरिकले महोत्सव अवलोकन गरेका छन्। आइतबार भारत सरकारका सरकारी कार्यालय र सिमावर्ती बजारसमेत बन्द रहने भएकाले सीमा क्षेत्रक सबै सरकारी कार्यालयका कर्मचारी, व्यापारीहरू र भारतीय नागरिक महोत्सवमा आएको भारतीय राष्ट्रिय दैनिक अमर उजालाका धारचुला सम्बाददाता कृष्णसिंह गब्र्यालले जानकारी दिए।

भारतीय कलाकार, सरकारी कर्मचारी र व्यावसायीसँगै महोत्वसमा भेटिएका भारतीय पत्रकार गब्र्यालले भारतीय नागरिकले महोत्सवमा सहभागी भई भरपूर आनन्द लिएको बताए। बिदाको दिन भएकाले पनि सिमावर्ती क्षेत्रमा कार्यरत अधिकांश भारतीय महोत्वसमा आएको उनको भनाई छ।

आइतबार पाँच हजारको अवलोकन

आइतबार बेलुका ५ बजेसम्म करिब पाँच हजार दर्शक महोत्सव स्थल भित्रिएको आयोजक दार्चुला उद्योथ वाणिज्य संघका महासचिव मिलनराज अवस्थीले जानकारी दिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.