समाज

म्याग्दीमा जीप दुर्घटना, १३ घाइते, गम्भीर एकलाई पोखरा पठाइयो
SHARES

माघ २७, २०७५

    पर्वत : म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिकाको राखुका लागि छुटेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। ग १ ज ५८९९ नम्बरको जिप आइतबार दिउँसो गलेश्वर पारिको सडकबाट झण्डै १०० मिटर तल खसेर दुर्घटना भएको हो।

    दुर्घटनामा घाइते भएका १२ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते रघुगंगा गाउँपालिका ३ मालिकाकी ३७ वर्षीय सरस्वती परियारलाई हेलिकाेप्टरमार्फत थप उपचारको लागि पोखरा पठाइएको छ। गर्भवतिसमेत रहेकी परियारलाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको पहलमा चिकित्सकको टोलीसहित हेलिकोप्टरबाट पोखरा पठाइएको हो।

    दुर्घटनामा परी राखुका कर्णबहादुर कार्की, राजुकमारी मल्ल र उनकी छोरी सजनी मल्ल, सम्झना भण्डारी, बेनी नगरपालिका ८ का दुर्गा पौडेल, रघुगंगा २ का गोविन्द शर्मा, सरोज बस्याल, आरुसी घर्ती, पिप्लेका दिलबहादुर सार्की, पर्वतको जलजला गाउँपालिकाकी सिर्जाना जीसी र उनका छोरा आवान घाइते भएका छन्। यस्तै, जीपका चालक गोपी परियार पनि घाइते भएका छन्। 

    घाइते भएका सबैलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले तत्कालै उद्धार गरी अस्पताल पुर्‍याएका थिए। घाइतेहरूमध्ये धेरैको टाउको, छाती र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]