खेलकुद

चेल्सीकाे पाेष्टमा सिटीको आधा दर्जन गाेल, अग्युरोको ह्याट्रिक
SHARES

माघ २८, २०७५

    इङ्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि रवाफिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीको पोस्टमा आधा दर्जन गोल प्रहार गर्यो। 

    ६–० को जित निकाल्ने क्रममा घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक पुरा गरे। त्यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे।चेल्सीविरुद्ध सिटीले पहिलो हाफको २५ मिनेट भित्रै ४ गोल गरेको थियो। खेलको चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

    खेलको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। १९ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल तथा टिमको लागि तेस्रो गोल संभव बनाए। २५ औं मिनेटमा गुन्डुगानले गोल गर्दै सिटीलाई २५ मिनेटभित्रै ४–० को स्थीतीमा पुर्याए। त्यसपछिपनि सिटीले गोल वर्षा जारी राख्यो। ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो गोल गर्दे ह्याट्रिक पुरा  गरेभने सिटीलाई ५–० को अग्रता दिलाए। त्यस्तै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे। अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसंग बराबरी गरेको छ। 

    यस्तै खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी ६–०को अबस्थामा पुग्यो। जितसंगै सिटी लिगको शीर्ष स्थानमा उक्लियो। सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ। सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै पुन शीर्ष स्थान पुग्न सफल भयो।

    एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक रहेको छ। उ लिग अंक तालिकाको छैटौं स्थानमा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]