|

स्पेनिस जाइन्ट बार्सिलोना एथलेटिको बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ। बराबरीपछि दोस्रो स्थानकाे रियल म्याड्रिडसँग ६ अंकको अंक दुरी बनाउन सफल भएको छ। गोलका एकपछि अर्को राम्रो मौका बनाएपनि गोल गर्न असफल भएको थियो।

लियोनेल मेसीले गरेको प्रहार क्रसबारमा लागेर फर्किदा बार्सिलोना सम्भावित अग्रताबाट चुकेको थियो। एथलेटिकोले पनि केहि आकर्षक प्रहार गरेपनि बार्सिलोनालाई गोलखानबाट गोलरक्षक मार्क–आन्द्रेले उत्कृष्ट बचाउ गरे। खेलको अन्तिम समयमा एथलेटिको १० खेलाडीमा सिमित भएको थियो। ओस्कार डि मार्कोस दोहोरो पहेलो कार्ड खाँदै इन्जुरी समयमा मैदानबाट बाहिरिएका थिए। अन्तिम केहि मिनेट १० खेलाडीमा भएपनि बार्सिलोनालाई कुनै फाइदा भने भएन्।

साविक च्याम्पियन बार्सिलोना ११ खेलयता अपराजित छ। यद्यपि उसले दोस्रो स्थानको रियल म्याड्रिडसँग ८ अंकको अग्रता बनाउने मौका भने चुकायो। रियलले शनिबार अर्को म्याड्रिड डर्वि एथलेटिकोलाई ३–१ ले पराजित गरेको थियो।

बार्सिलोना पछिल्ला ३८ खेलमा पहिलो पटक गोल गर्न असफल भयो। यसअघि घरेलु मैदानमा २०१८ को ११ फेब्रुअरीमा गेटाफेसँग गोलरहित बराबरी खेलेको थियो। त्यसयता बार्सिलोना पहिलो पटक गोलरहित बराबरीमा रोकियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.