|

पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्क जवान हुन्छ। यो हरफ पढ्दा तपाईले सोच्नुभएको होला यसको मतलब के हो। 

यसका लागि आफैँ सम्झनुहोस् एक महिला र पुरुष समान ४० वर्ष भए तर  महिलाको मस्तिष्कभन्दा पुरुषको मस्तिष्क जवान हुने हो। यो कसैको दाबी हैन अध्ययनबाट पत्ता लागेको छ। अमेरिकाको वासिंगटन युनिभर्सिटीको स्कुल अफ मेडिसिनको एक अध्ययनको टिमले यो पत्ता लगाएको हो। 

अध्ययनमा संलग्न रेडियोलोजिस्ट मनोज गोयत भन्छन् ‘हामीले २० देखि ८२ वर्षसम्मका २०५ जनामा अध्ययन गरेका छौं। यी सबै जना स्वस्थ्य र केही समस्या नभएका व्यक्तिहरू हुन्,’ उनले थपे ‘हामी चाहन्थ्यौँ सबै उमेरका मानिसमा मेटाबोलिजम कसरी बदलिन्छ।’

के हो मेटाबोलिजम ? 

मेटाबोलिजम भनेको तपाईंको मस्तिष्कमा कति अक्सिजन र ग्लुकोज रहेको छ। ग्लुकोज खानाबाट बनी अक्सिजनसँग घुलेर रगतको माध्यमबाट शरीरको बाँकी ठाउँमा जाने गर्दछ। 

ग्लुकोजको २५ प्रतिशत हिस्सा मस्तिष्कमा जाने र अक्सीजन र ग्लुकोजको मद्दतबाट हाम्रो मस्तिष्कले काम गरेको हुन्छ। यसले मस्तिष्कलाई क्रियाशील बनाउने र स्वथ्य बनाउने काम गरेको हुन्छ। 

उमेर बढ्दै गएपछि हाम्रो मस्तिष्कमा अक्सिजन र ग्लुकोजको मात्रमा हुँँदै जाने र हाम्रो मस्तिष्कलाई कमजोर बनाउँदै लैजान्छ। डाक्टर मनुको टिमले  गरेको अध्ययनमा मेटाबोलिजमका प्रक्रिया कसरी बदलिन्छ भन्ने बारेमा अध्ययन गरेको थियो। अध्ययनअनुसार उमेर बढ्दै जाँदा मस्तिष्कको मेटाबोलिजम केही महत्वपूर्ण परिवर्तन आउने गर्दछ। 

उनको टिमले २०५ स्वस्थ्य मानिसमा गरेको अध्ययनमा पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्क बढी चलायमान र स्वस्थ्य रहेको समेत उल्लेख छ। त्यस्‍तै उनीहरूको मस्तिष्कको मापन भने  पोस्ट्रोन इमिसन टोमोग्राफीको (पेट)को मद्दतबाट नापिएको थियो। पेटले मानिसको मस्तिष्कलाई स्क्यान गरेर त्यहाँबाट कम्प्युटरको माध्यमबाट अध्धयन गरेको थियो।

अध्ययनमा सम्लग्न डाक्टर मनुका अनुसार एकै उमेरका महिला र पुरुषमा गरिएको अध्धयन अनुसार महिलाभन्दा पुरुषको मस्तिष्कमा फरक देखिएको थियो। त्यसमा अधिकांश पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्क जवान देखिएको थियो। 

मस्तिष्क जवान हुँदा के हुन्छ? 

डा मनु भन्छन्, पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्कमा मेटाबोलिजम जवान देखिएको र यसका लागि थप अध्ययनको पनि आवश्‍यक रहेको बताउँछन्। त्यस्तै जवान मस्तिष्कले स्मणशक्ति ज्यादा हुने गर्दछ। 

के हो त कारण 

थोरै सुत्ने मानिस, खाना ठीक समयमा नखाने, ज्यादा धुम्रापान गर्ने व्यक्ति ड्रग्स लिनेजस्ता मानिसमा मस्तिष्कघातको खतरा हुने गर्दछ भने कसैको  वंशाणुगत गुण पनि हुने गरेको छ। महिलाको स्मरण शक्ति कम हुने भन्दै तीनै  डाक्टर मनुले विवादास्पद अभिव्यक्ति पनि दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.