|

मुगु : कर्णाली प्रदेशको १० जिल्ला मध्येको एक जिल्ला मुगु जिल्ला। मगु जिल्लाको खेल क्षेत्र दिनप्रतिदिन ओरालो लाग्दै गएको छ। खेल क्षेत्रको लागि खेलमैदान नहुँदा खेल क्षेत्र प्रभावित बनेको हो। जिल्लामै खेलमैदान, कभर्डहल नहुँदा जिल्लास्तर प्रदेशस्तरमा खेल प्रतियोगिताको आयोजनामा खेल हुँदा खेलाडीको खोजी गर्नुपर्ने बाध्यता छ। जिल्लामा हरेक खेलका सीमित खेलाडी भए पनि कहाँ कुन अवस्थामा छन् भन्नेसम्म थाहा नभएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सजुवालले बताए। जिल्ला  खेलमैदान र कभर्डहलको लागि निरन्तर लागिपर्दा पनि जिल्लाका सरोकारवाल निकाय कसलै चासो नदेखाएको उनले गुनको गुनासो छ।

जग्गा भेटियो लगानी भेटिएन

खेल मैदान कर्भडहल निमार्णका लागि जग्गा भेटिए पनि लगाानी नहुँदा त्यो पनि प्रभावित बन्दै गएको छ। जिल्लाको छायानाथ रारा नगरपालिका- २,४ र ५ पाएमा तथा सदरमुकमा गमगढीसँगै जोडियो चारा खेतमा जग्गा भेटिए पनि लगानी नभेटिँदा खेलमैदान निर्माणको काम प्रभावित भएको छ।  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालले  लगानी धेरै क्षेत्रबाट खोजेको भए पनि सुनुवाइ नभएको बताए।

खेल क्षेत्रप्रति चासो घट्दै

मुगु जिल्लामा खेलाडी र खेल प्रेम्री सबैमा खेल क्षेत्र प्रतिको चासो घट्दै गएको छ। मुगु जिल्लाका सरोकारवाला निकाय, खेलप्रेमी खेलाडी राजनीतिक पार्टी र जनप्रनिधिले खेल क्षेत्रप्रति चासो नदिँदा सम्रग मुगु जिल्लाको खेल क्षेत्र प्रभावित भएको  जिल्ला खेलकुद विकास समितिका स्थायी प्रशिक्षक जिल्ला सिंह भाम बताउँछन्। खेलप्रति कसैको चासो छैनन्। त्यसैले पनि मुगु जिल्लाको  खेल क्षेत्रमाथि उठ्न नसकेको प्रशिक्षक भामको भनाइ छ।

हराउँदै खेलाडी

मुगु जिल्लामा जब खेलको कुरा उठ्छन्। खेलाडी जुरमुराउँछन् हराएका खेलाडी पनि खेल क्षेत्रको विकास गर्नुपर्छ खेल खेल्नुपर्छ भन्ने सोचाइमा हुन्छन्। तर, कुनै खेल सकिएपछि जिल्लामा खेलकुदका कुनै  गेम नहुँदा खेलाडी निष्क्रिय बन्दै जानुपरेको खेलाडीहरूको भनाइ छ। मुगुमा उचित किसिमको खेलमैदान कभर्डहलको व्‍यवस्था नहुनुले पनि खेलाडीहरू पलायन हुँदै गएका राष्ट्रिय खेलाडी पदमराज मल्ल बताउँछन्। उनी भन्छन्, 'जिल्लामा महाकाली उच्च माध्यमिक विद्यालयको २ सय मिटरको खुला चौर छ। कुनै खेल प्रतियोगिताको आयोजना गर्नुपर्दा  विद्यालयलाई गुहार्नुपर्छ।'

तयारीबिनै खेलमा सहभागी

फागुन १ गते कर्णाली प्रदेशस्तरीय मुख्य मन्त्री कप पुरुष महिला भलिबल प्रतियोगिता सञ्चालन हुँदै छ। त्यसका लागि मुगुका खेलाडी बिनातयारी सहभागी हुने भएका छन्। खेलबारे कुनै प्रशिक्षण नपाएको उनीहरूको भनाइ छ। बिना तयारीको खेलले हार व्यहोर्नुबाहेक विकल्प नहुने खेलाडीहरूको  भनाइ छ। खेलाडी चन्द्रदीप मल्लले भने, विना तालिम विना तयारी जसोतसो खेलमा सहभागी हुनुछ कसरी खेल जितियोस्?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.