|

धनगढी :  घरेलु टोली धनगढीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्सले डिपिएलको तेस्रो संस्करणको खेलमा विजयी सुरुवात गरेको छ। सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुवात गरेको हो। टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा र्गयो। महबुब आलमले विजयी चौका प्रहार गरे।

उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे। त्यस्तै काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए। धनगढीका रोहन मुस्तफाले ४ विकेट लिए।

अमिर हायत र विपिन खत्रीका नाममा १-१ विकेट रह्यो। टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धा्ति २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। धनगढीबाट अमित श्रेष्ठले ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए। बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १-१ विकेट लिए। यस्तै प्रतीयोगिता अन्र्तगत दोस्रो खेलमा १ बजे रुपेन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.