|

भक्तपुर : नेवार समुदायमा पहिलो रजस्वला भएको समयमा वा हुनुअगाडि ११ दिनसम्म सूर्यको किरण नछिर्ने गुप्त कोठामा बन्दगरी राख्ने संस्कार हो बा¥हा (गुफा) राख्ने। गुफालाई बेल विवाहपछि नेवार समुदायका कन्याहरूलाई गरिने दोस्रो विवाहका रूपमा लिइन्छ।

गुफा राख्दा व्रतबन्ध गरेका बच्चादेखि लिएर कोही पुरुषले देख्नुहुँदैन आवाज सुन्नु हुँदैन भन्ने धार्मिक मान्यता छ। गुफा राख्दा आफन्तका बजै, काकी, माइजू, फुपू, दिदी, भाउजू लगायतले भुटेका विभिन्न थरीका गेडागुडी, फलफूल, ध्यूचाकु र मिष्ठान भोजन बनाई खुवाउनु जाने परम्परा छ। त्यस क्रममा खुवाउने जाने महिलाहरुले जीवनको महत्पूर्ण पक्ष सामाजिक दायित्वको ज्ञानदेखि शारीरिक विकाससम्मको ज्ञान दिने परम्परा छ। गुफा राख्दा कन्या यौवन अवस्थामा टेक्दाको अवस्था र त्यसपछिको दिन समाजमा कसरी व्यवहार गर्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न गुफा राख्ने प्रचलन छ।

१२ औं दिनमा सूर्यलाई साक्षी राखी गुफा निकाल्ने परम्परा छ। गुफा निकाल्दा सबभन्दा पहिला सूर्यको दर्शन गरी पूजा गरिन्छ। सूर्य दर्शनपछि पुरोहितले विधिवत रूपमा सूर्यको उपासना गरी अर्घ दिई पूजा सम्पन्न गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.