|

भुपाल थापा

कपिलवस्तु : भैरहवा-तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तुको दोहनीमा बस दुर्घटनामा १९ जना घाइते भएका छन्। 

रुपन्देहीको भैरहवाबाट कपिलवस्तुको तौलिहवातर्फ आउँदै गरेको लु १ ख ७०९७ नम्बरको बस शुक्रबार दिउँसो बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। १९ जनामध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।

कपिलवस्तु बांसखोर-३ मधुनगराका प्रभावती लोनिया, भारत गोरखपुर पिपिगंन्ज बस्ने ओमप्रकाश गुप्ता, उनकी श्रीमती सरस्वती गुप्ता र सिवाङगी कशौधनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरि कार्यालय कपिलवस्तुले जनाएको छ। 

सिद्धार्थ यातायात ब्यवसायी समितिको उक्त बसमा ४० जना सवार रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.