अर्थ

दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान
SHARES

माघ २८, २०७५
    •  कृष्ण आचार्य -

    भरतपुर : माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ। नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन अनुदान दिन थालेको छ। अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ। उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए।

    माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्यांकका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो। दूध उत्पादनका आधारमा ६ महिनामा १९ लाख रुपैयाँ अनुदान वितरण गरिएको उनले बताए। 'किसानले एक लाखसम्म अनुदान प्राप्त गरेका छन्' ढकालले भने। नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ। यसवर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ।

    व्यावसायिक पशुपालनलाई दीगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए। गत आवमा माडीमा पशुपालनका लागि झण्डै ५६ लाख अनुदान प्रदान गरिएको थियो। सो अनुदान गाइभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बंगुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ। यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा दुई करोड २८ लाख विनियोजन गरेको छ। सशर्त अनुदानतर्फ आठ लाख २० हजार र नगरपालिकाको तर्फबाट दुई करोड १८ लाख विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए। 

    'न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ', उनले भने।' गोठ निर्माणका लागि तीनहजार ५०० हजारसम्म र गाई किन्न ४० हजार अनुदान दिइने अधिकारीले बताए। राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएको बताए। उनले नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको बताए। 

    माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ। गतवर्ष माडीमा डिडिसीले दैनिक तीनहजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गर्ने गरेको थियो। यस वर्ष दैनिक पाँच हजार लिटर दूध संकलन गरिरहेको छ। एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ। माडीमा करिब २०० व्यावसायिक पशुपालक किसान रहेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]