|

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि खनिज तथा यसमा आधारित खानीहरुले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।

मन्त्री पोखरेलले ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको विराट अभियानमा खनिज तथा यसमा आधारित खानीहरुले उल्लेख्य योगदान दिन सक्ने पनि स्पष्ट पारे। सोमबार त्रिभुवन विश्वविद्यालय भूगर्भशाष्त्र केन्द्रिय विभागले काठमाडौंमा आयोजना गरेको तेस्रो भू–विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उनले भूगर्भ शास्त्रीहरुलाई भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक सुझाव सरकारलाई दिन पनि आग्रह गरे।

राष्ट्रिय पुनर्निर्माणको यस अभियानमा भूगर्भविद्हरुले दिएको सुझाव महत्वपूर्ण हुने मन्त्री पोखरेलको भनाइ छ। मन्त्री पोखरेलले भूवनावटको जोखिमलाई अध्ययन गरेर मात्रै भवन निर्माणको कामलाई अघि बढाउन पनि सबैलाई अपिल गरे। प्रर्दशनीमा भूकम्पीय जोखिम र यसको न्यूनिकरणका उपायबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको दाबी गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.