|

खस्यौली : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पारेका छन्। नेपाल पत्रकार महासंघ, रुपन्देहीले साेमबार बुटवलमा गरेको साधारणसभामा बाँस्कोटाले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको बताएका हुन्। 

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताए। 'श्रमजीवी पत्रकार ऐन श्रमजीवीप्रतिको सम्मान हो', उनले भने। 

वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गरे। उनले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गर्न नसक्दा विगतका सरकारलाई पनि निषेध गर्न खोजिएको बताए। 

मन्त्री बाँस्कोटाले सरकारको अरु केही नभए पनि गौतमबुद्ध विमानस्थलको कामलाई हेरेर विश्लेषण गर्न अनुरोध गर्दै प्रेस ऐेन जसरी पनि ल्याइने बताए। 'नेपालको १२ अर्बको विज्ञापन बजारलाई  २० अर्ब पुर्‍याउँदैछाैं' उनले भने। 

उनले केही दिनमा प्रदेश तहबाट नयाँ सञ्चारग्राममार्फत प्रेससम्बन्धी काम हुने गरी बजेटसमेत व्यवस्थापन भइसकेको बताए। शाखा सभापति यानेन्द्र जिसी, महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्ट, केन्द्रीय सदस्य वसन्त गिरी, पूर्वसांसद विनोद पहाडीलगायतले पनि प्रेस स्वतन्त्रताको पक्षमा विचार राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.