|

सुनसरी : सुनसरीको इटहरी एक जना महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ। इटहरी ४ स्थित माखिम टोलमा डेरा गरी बस्ने बर्ष ३० की सोनिया राईको सोही स्थान बस्ने लालबहादुर राईले छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिए।

सोमबार साँझ ६ बजे डेरमा ती महिलाको हत्या भएको बताइएको छ। हत्या गर्ने राई प्रहरीको नियन्त्रणमा रहेको चौलागाइँले बताए। प्रहरीका अनुसार मृतक महिला विवाहित भएको र उनका श्रीमान विदेशमा रहेको बताइएको छ। उनको हत्या किन र के कारणले भयो भन्ने विषयमा अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक चौलागाईले बताए। घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको छुरा समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.