|

सुनसरी: धरानमा जारी २१ औं संस्करणको बुढासुब्बा गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लबले बिजयी सुरुवात गरेको छ। साेमबार भएको दोस्राे क्वमटरफाइनल खेलमा पुलिसले पोखराको साहरा क्लबलाइ सडेन डेथमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

पुलिसले अब सेमिफाइनलमा भोलि हुने आयोजक धरान फुटबल क्लब र दलहाउजी एथलेटिक क्लब कोलकत्ताबीच हुने तेस्राे क्वाटरफाइनल खेलको बिजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ। धरान रंगशालामा आज भएको खेलमा निरकुमार राइले ३३ औ मिनेटमा गोल गरेर पुलिसलाई अग्रता दिलाएका थिए। खेलको ८४ औ मिनेटमा पुलिसका अञ्जन राइले डिएरियामा हेण्ड गरेपछि पाएको पेनाल्टीलाई साहराका बिश्व अधिकारीले गोल गरेर खेल बराबरीमा ल्याए।

निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गयो। पेनाल्टीमा पनि दुबै ३–३ गोलको बराबरी खेलेपछि सडेन डेथमा पुलिसको भाग्य चम्किएको हो। खेलको म्यानअफ द म्याच पुलिसका निरकुमार राई भए। उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे।

मंगलबारको खेल आयोजक धरान फुटबल क्लब र कोलकत्ताको दलहाउजी एथलेटिक फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। बिजेताले ८ लाख र उपबिजेताले ४ लाख पाउने गोल्डकप आइतबारसम्म चल्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.