राजनीति

अधिकृतमा बढुवा हुन स्नातक पढेको हुनैपर्ने, सचिव सरुवामा नयाँ व्यवस्था
SHARES

माघ २८, २०७५

    काठमाडौं : सरकारले निजामती सेवाको अधिकृत तहमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण हुनैपर्ने व्यवस्था गरेको छ।

    अब स्नातक तह पास नगरी अधिकृतमा बढुवाको लागि अयोग्य मानिनेछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। यसअघि अधिकृतस्तरमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था रहेको थिएन।

    यसैगरी सचिव तहमा सरुवा सेवा समूह राखिएको छैन। विशिष्ट श्रेणीका सचिव अब एक समूहबाट अर्को समूहमा जान पाउने नयाँ व्यवस्था राखिएको उनले जनाकारी दिए। ‘अब प्रशासनको सचिव इञ्जिनीयरिङ सेवा र स्वास्थ्यको सचिव राजस्व सेवामा जान पाउने गरी सचिवमा सरुवा सेवा समूह राखिएको छैन’, उनले भने, ‘एउटा सेवाको सचिव अन्य सेवामा सरुवा भई जानसक्ने व्यवस्था गरिएको छ ।‘

    पेश गरिएको विधेयकमा अब आरक्षण कोटा एक व्यक्तिले एकपटक मात्र पाइने व्यवस्था गरिएको छ। यसअघि एक व्यक्तिले पटकपटक आरक्षण कोटा पाउने गरेका थिए। विधेयकको दफा ९ को उपदफा २ को ९१० मा कुनै व्यक्तिले सेवा अवधिभर एक पटक मात्र कोटामा पर्न पाउने उल्लेख गरिएको छ।

    यसैगरी विधेयकमा भौगोलिक क्षेत्रमा काम गरेको अनुभव अंकसमेत परिमार्जन गरिएको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार ‘क’ वर्गमा काम गरेको प्रत्येक वर्ष चार अंक, ‘ख’ वर्गमा ३.२५ अंक ‘ग’ वर्गमा २.५० अंक र ‘घ’ वर्गमा १.६ अंक राखिएको छ।

     यसैगरी विधेयकमा स्थानीय र प्रदेशमा रहेका कर्मचारी संघमा खुला प्रतिस्पर्धाबाट बढुवा भएर आउने पाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]