|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई काजमा सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले सोमबार पाँच डिएसपीको काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई काजमा खटाएको छ। दरबारमार्गको कमाण्ड सम्हालेका डिएसपी दानबहादुर मल्ल एसपीमा बढुवा भएकाले त्यहाँ घिमिरेलाई काजमा पठाइएको हो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ। उनी यसअघि कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदाममा प्रमुखका रूपमा कार्यरत थिए। 

यसैगरी काजमा सरुवा हुने डिएपीहरूमा म्याग्दी जिल्लामा खटाइएका महेन्द्रप्रसाद मरासिनी, कास्कीको वडा प्रहरी कार्यालय बैदाममा खटाइएका डिएसपी कोमलविक्रम शाह र दार्चुला जिल्लामा पठाइएका डिएसपी भेषराज रिजाल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.