|

काठमाडाै‌ं : एक डाक्टरको भरमा एक हजार २ सय नागरिककले उपचार सेवा लिनुपर्ने बाध्यता भएको छ। दूरदराजका गाउँमा त अझै डाक्टर उपलब्ध हुँनै मुस्किल छ। 

उपलब्ध भएका ठाउँमा पनि बिरामीले डाक्टरको उपचार पाउन निकै कठिन हुने गरेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार देशभर २३ हजार ७७१ डाक्टर छन्। जसअन्तर्गत २१ हजार ३३ मेडिकल डाक्टर, २ हजार ७१८ डेन्टल डाक्टर छन्। पुरुष डाक्टरको सख्या १४ हजार १२६ र महिला डाक्टरको संख्या ६ हजार ९०७ छ। 

केन्दीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसरा नेपालको कुल जनसंख्या ३ करोड बढी छ। यसरी हेर्दा एउटा डाक्टरको भरमा १ हजार २ सय नागरिक पर्छन्। बिरामीको अनुपातमा डाक्टरको खंख्या न्यून हुँदा बिरामीहरुलाई उपचार सेवामा समस्या हुने गरेको खबर राजधनी दैनिकमा छ।

जिल्लामा पर्याप्त डाक्टर नहुँदा बिरामीले घण्टौं कुरेपछि मात्रै पालो आउँछ। बिरामीको चाप अस्पतालमा भएपनि पर्याप्त दरबन्दी पूर्ति हुन सकेको छैन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.