|

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि नियुक्ति प्रकिया पूरा गर्न साढे २२ सय जनाको नाम सर्ट लिस्टमा निकालेको छ। गत माघ ४ देखि १८ सम्म परेको आवेदनको आधारमा सर्ट लिस्ट निकालेको हो। आवेदन आवश्‍यकताभन्दा तीन गुणा बढी आएको थियो।

सर्ट लिस्टमा दुई हजार २६२ जना परेका छन्। उनीहरूलाई सीप परीक्षाको आधारमा नियुक्ति गरिने श्रम मन्त्रालयले जनाएको छ। सीप परीक्षा फागुन ११ र १२ मा हुने तयारी रहेको छ। 

प्रदेश १ मा अधिकृतमा ३९० र नायब सुब्बामा २१ जना सर्टलिस्टमा छन्।

 

 

त्यस्तै, प्रदेश २ मा ४०८ अधिकृतकाे नाम सर्ट लिस्टमा छ। प्रदेश ३ मा ३३७ अधिकृत र २२ जना सुब्बाकाे नाम निकालिएकाे छ। त्यस्तै गण्डकीमा ३३ सुब्बाकाे नाम सर्ट लिस्टमा छ प्रदेश ५ मा ३२७ जना अधिकृतस्तरका कर्मचारीको सर्टलिष्ट गरिएको छ। कर्णालीमा १८६ र सुदूरपश्चिममा २४६ जना अधिकृत‍हरुकाे नाम सर्टलिस्टमा छ। सुदूरपश्चिममा क्रमश: ५२ र १८ जनाकाे नाम निकालिएकाे छ।  

नामावली

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.