|

पाँचथर : याङवरक गाउँपालिकाको नागीका ४५० घरमा बिजुली बत्ती बलेको छ। बिजुली बत्ती बलेसँगै नागीवासीको वषौँदेखिको चाहना पूरा भएको छ। राष्ट्रिय प्रसारण लाइन १३२ केभिएको अमरपुर सब–स्टेशनबाट नागीमा विद्युतीकरण गरिएको हो।

कुल ९२० घरमा विद्युतीकरण गर्नु पर्नेमा पहिलो चरणमा ४५० घरमा विद्युतीकरण गरिएको विद्युतीकरण गराउँदै आएको संस्था गडी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ। संस्थाका अनुसार विद्युतीकरणका लागि छ करोड २० लाख रूपैयाँ बजेट छ। जसमध्ये बजेटको ९० प्रतिशत अर्थात् पाँच करोड ५९ लाख रूपैयाँ नेपाल विद्युत प्राधिकरण र बाँकी १० पतिशत अर्थात् ६१ लाख ५७ हजार रूपैयाँ उपभोक्ताले ब्यहोरेका छन्। उपभोक्ताले ब्यहोरेको रकममध्ये २७ लाख रूपैयाँ अरूण काबेली विद्युत कम्पनीले सहयोग गरेको हो।

यस्तै, याङ्वरक गाउँपालिका, वडा नम्बर ५ र ६ कार्यालयले मिटरसँगै आवश्यक सामग्री खरिदमा १५ लाख रूपैयाँ सहयोग गरेको गडी ग्रामीण विद्युत सहकारी संस्थाले जनाएको छ। विद्युतीकरणको काम जयदुर्गे र त्रिपुरेश्वर जेभीले गरेको हो। उक्त कम्पनीले १८ महिनामा गरिसक्नु पर्ने काम ३९ महिनामा मात्रै सकेको हो। 

विद्युतीकरणको उद्घाटनसोमबार प्रतिनिधिसभा सांसद वसन्त नेम्बाङले गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.