|

संखुवासभा : भोजपुरकोे षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा अलपत्र परेको लम्सुवाघाटको पक्की पुल निर्माणमा नगर प्रमुखले बेवास्ता गरेको भन्दै सोमबार मेयरको कार्यकक्ष स्थानीयले घेराउ गरेका छन्। 

अरुण नदीको लम्सुवाघाटमा पक्की पुल बना‍औं अभियान समितिले षडानन्द नगरपालिकाका प्रमुख बिरवल राईको कार्यकक्ष दोस्रो पटक घेराउ गरेका हुन्। २०६७ सालमा शिलान्यास भएको पक्की पुल ९ वर्ष बितिसक्दा २० प्रतिशत मात्रै काम भएको छ।

अभियान पुनः गठित समितिले बेवारिसे अवस्थामा छोडिएको पुल निर्माणका लागि पटक पटक स्थानिय तहलाई ध्यानाकर्षण गराए पनि नगरपालिकाले उक्त पुल निर्माण कार्यलाई सामान्य रुपमा लिने गरेको समितिका संयोजक सुरेश भण्डारीले जानकारी दिए।

समितिले आइतबार पत्रकार सम्मेलन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। जस अनुसार २८ गते नगरपालिका प्रमुखको कार्यकक्ष घेराउ, २९ गते उप प्रमुखको कार्यकक्ष घेराउ गर्ने जनाइएको छ।

फागुन १ गते नगरपालिका घेराउ, २ गते नगरपालिका घेराउ तथा असहयोग कार्यक्रम, ३ गते नगर प्रमुखलाई नगरपालिका प्रवेश निशेध, ४ गते नगर प्रमुख र उप प्रमुखलाई नगरपालिका प्रवेश निशेध र ६ गते देखि १० गते सम्म नगरपालिका साथै सबै वडा कार्यालयहरु बन्द गर्ने संघर्ष समितिले जानकारी दिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.