|

धनगढी : जारी धनगढी प्रिमियर लिगअन्तर्गत मंगलबार पनि दुई खेल हुँदै छन्। प्रतियोगिताको दोस्रो दिन सिवाइसी अत्तरियाले धनगढी स्टार्सको सामना गर्दा अर्को खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगरको दबाब हुने छ।

पहिलो खेलमा अत्तरिया र धनगढीबीच प्रतिस्पर्धा हुने छ। यी दुईबीचको खेल केही समय पछि सुरु हुने छ। धनगढी सोमपाल कामी र अत्तरिया दिपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ। पहिलो खेलमा काठमाडौंसँग ४ विकेटले पराजित भएको धनगढी दोस्रो खेलमा पहिलो जितको खोजिमा हुँदा युवा खेलाडीले भरिएको अत्तरिया पहिलो खेलमै सुखद सुरुवातका लागि मैदानमा हुने छ।

स्टार्सका कप्तान सोमपालले पहिलो खेलको कमजोरी सुधार गर्दै दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताए। अलराउण्डर सोमपाल कामी, स्पिनर पवन सरार्फ, यूएईका कप्तान रोहन मुस्तफा, आमिर हायत, ओपनर सुनिल धमला र अमित श्रेष्ठ तथा हिटर सौरभ खनाल अतरियाका लागि चुनौती बन्ने संभावना छ।

यद्यपि अतरिया पनि आफ्ना स्टार खेलाडीहरू दीपेन्द्रसिंह ऐरी,  युवा ब्याट्सम्यान सन्दिप जोरा, अनुभवी स्पिनर भुवन कार्की, घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कमल सिंह ऐरी, भारतीय अलराउण्डर सन्नी पटेल र विकेटकीपर जयकिशन कोल्सावालाका कारण बलियो छ। पछिल्ला दुई खेलमा अत्तरिया १ मा जित र १ मा पराजित भएको छ।

दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सबीच १ बजेपछि खेल हुने छ। पहिलो खेलमा महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमान्चक जित निकालेको रुपन्देही लगातार दोस्रो जित निकाल्ने दाउमा हुने छ। त्यस्तै करणको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमानै सुखद नतिजाको पर्खाइमा छ। हिटर विनोद भण्डारी, युवा खेलाडी भिम सार्की, तीव्र गतिका बलर ललितसिंह भण्डारी, ओपनर प्रदिप ऐरी, हङकङका बाबर हायत, अनुभवी बलर बिक्रम शोव र कप्तान वसन्त रेग्मी रुपन्देहीका लागि निर्णायक बन्न सक्छन्।

विराटनगरलार्य अलराउण्डर करण केसी, हिटर कुशल भुर्तेल, तीव्र गतिका बलर किशोर महतो, ओपनर हरिशंकर शाह र स्पिनर सुशन भारी प्रति विश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.