|

पर्वत : सदरमुकाम कुश्मामा निर्माणाधीन बसपार्क वर्षौंदेखि अलपत्र छ। बसपार्क निर्माण पूरा नभएपछि सवारी साधन राख्न समस्या छ।

तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभावमा अलपत्र परेको हो। बसपार्क निर्माणका लागि पाँच वर्षअघि तयार पारिएको गुरुयोजना हालसम्म पनि पूरा हुन सकेको छैन। करिब एकम करोड ५९ लाख रुपैयाँको खर्चमा बसपार्क निर्माण गर्ने योजना बनाए पनि तत्कालीन जिल्ला विकास समितिको १३ लाख रुपैयाँ खर्चमा सम्याउने मात्र काम भएको छ। बसपार्क निर्माणका लागि करिब १२ रोपनी जग्गा प्रस्ताव गरिएको प्रस्ताव गरिएको छ।

कुश्माबाट दैनिक एक दजर्नभन्दा बढी स्थानमा सवारी साधनहरु छुट्ने गर्छन्। बसपार्कको अभाव भएपछि सवारी धनीहरुले आ–आफनो घरअगाडि सवारी साधान राख्ने गरेका छन्। व्यवस्थित वसपार्क नहुँदा सवारीसाधनका महत्त्वपूर्ण पार्टपूर्जा चोरी हुने गरेको बसधनीहरुको गुनासो छ। क

बसपार्कको अभावले सवारीसाधन व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.