|

काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन्।

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताए। उनले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए।

उनले सडक, रेल, पानी जहाज देखि सम्पुर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन संगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालिन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताए। उनले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरि काम गर्न सुझाव दिए।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.