|

काठमाडौं : भारत सरकारले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको दुई सातापछि मात्र कपिलवस्तुमा भारु नोट साट्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाले सर्वसाधारणलाई नोट साट्ने व्यवस्था मिलाएको हो।

बैकले भारतीय नोट साट्ने व्यवस्था मिलाएसँगै कपिल्वस्तुमा सटहीका लागि  सर्वसाधारणको भीड लागेको छ। नेपालमा पच्चिस हजार रुपैयाँ भारु मात्र राख्न पाउने कानुनी व्यवस्था अनुसार सीमा क्षेत्रका व्यवसायी र सर्वसाधारणलाई बैंकले पाँच सय र एक हजार दरका भारु नोट सटही गरेर एक सय दरका भारु नोट नै उपलब्ध गराउन लागेको हो।

पाँच सय र एक हजार दरका नोट प्रतिबन्धमा परेसँगै सीमा क्षेत्रमा भारु नोटको अभाव भएको थियो। बैंकका प्रबन्धक शम्भुप्रसाद घिमिरेले नेपाली नागरिकताको प्रतिलिपी राखेर एक जनालाई बढीमा दुई हजार रुपैयाँको सटही व्यवस्था गरेको बताए। सर्वसाधारणले भने दुई हजार रुपैयाँ मात्रै सटही गरेर आफुहरुको काम नटर्ने गुनासो गरेका छन्।

लाइनमा बसेका सबैले भारु साट्न नपाएको भन्दै उनीहरुले आक्रोस समेत व्यक्त गरे। पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही गरेर बैकले भारतीय एक सय रुपैयाँ दरका नोट उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.