|

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन्। दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरे। भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उनले बताए।

त्यसैगरी स्वास्थ्यकर्मी र संचारकर्मीहरूको टोली पनि सोमबार नै इस्लामावाद आइसकेको उनलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। भ्रमणका क्रममा उनले आर्थिक सहायतसँगै व्यापार र दुई पक्षीय सम्बन्धका बारेमा पनि सम्झौता र छलफहरू गर्ने जनाइएको छ। अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सबैभन्दा ठूलो हुने बताइएको छ।

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरूका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरूले बताएका छन्। गत वर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.