|
File Photo

रुकुम : सदरमुकामको विषयलाई लिएर विवाद भएको रुकुमपूर्वमा प्रशासनले लगाएको निशेधाज्ञा हटाएको छ। निशेधाज्ञा हटेपछि अहिले रुकुमकोटको जनजीवन सामान्य बन्दै गएको छ।

जिल्ला सदरमुकामसम्बन्धी विवाद बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। ९ दिनअगाडि सदरमुकामको माग गर्दै हालको सदरमुकाम रुकुमकोटमा हजारौँ संख्यामा ज्ञापनपत्र बुझाउन आएका गोलखाडाबासी र रुकुमकोटबासीबीच झडप हुने स्थिति आएको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो।

गोलखाडाबासीले प्रदर्शन स्थगीत गरेर आन्दोलन रोकेपछि निशेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। सदरमुकामको बिषयमा अहिले अदालतमा बिचाराधीन छ। सरकारले गोलखाडामा सदरमुकाम बनाउने निर्णय गरेपनि हालको रुकुमकोट नै सदरमुकाम कायम छ। गोलखाडाबासीले सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.