राजनीति

जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्न नेकपाको सर्कुलर
SHARES

माघ २९, २०७५

    काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीले देशभर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्ने भएको छ। नेकपाका महासचिव विष्णु पौडेलले देशभरका पार्टी इकाइहरूलाई सर्कुलर जारी गरेर जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा फागुन १ गते देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन्।

    नेकपाले काठमाडौंमा भने पार्टी कार्यालय धुम्बराहीमा बुधबार बिहान कार्यक्रम गर्ने भएको छ। धुम्बराहीमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति हुनेछ।

    नेकपा स्रोतका अनुसार सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा कार्यक्रम गर्न सर्कुलर  जारी गरिएको छ।

    तत्कालिन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो। सोही दिनको सम्झनामा विगतमा माओवादीले जनयुद्ध दिवस मनाउने गरेको थियो। तत्कालिन एमाले र माओवादी एकता भएपछि जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा पहिलोपटक कार्यक्रम हुन लगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]