|

काठमाण्डौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (कक्षा १० को परीक्षा)लाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन। मंगलबार मन्त्रालयमा परीक्षाको तयारीका सन्दर्भमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका थिए।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदै मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परिक्षा केन्द्र तोक्दा बिषेश ध्यान दिनुपर्ने बताए। बैंठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ।

यस वर्ष कुल १९६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए। उनले यस वर्ष प्रदेशगतरूपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए। बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए। एसइई परीक्षा चैत्र १० गतेदेखि शुरु हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.