|

काठमाडौं : स्वयम्भुनाथ  नेपालकै प्रख्यात धार्मिक स्थलहरूमध्ये पर्दछ। यो ठाउँमा हिन्दू मन्दिर र बौद्ध गुम्बा एकै ठाउँमा भएकाले दुवै हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बी एकै ठाउँमा बसेर आ-आफ्नो आस्था अनुसारको पूजापाठ गर्दछन्।  यसरी हेर्दा स्यम्भुमा धार्मिक सहिष्णुताको अतुलनिय उदाहरणको महसुस हुन्छ।

यो स्थान पर्यटकीय हिसावले पनि निकै महत्वपूर्ण ठाउँ हो। यस ठाँउमा आन्तरिक र विदेशी पर्यटकहरूको हरेक दिन भीड लाग्ने गर्दछ। लगभग नेपाल आउने विदेशी सबैजसो पर्यटकहरुको यो  घुम्ने गन्तव्यमा पर्दछ। यहाँको वातावरण, यसको ऐतिहासिक महत्व र यहाँबाट देखिने काठमाडौंको दृष्य महत्वपूर्ण छन्। यहाँबाट काठमाडौं पुरै देखिन्छ।

यो ठाँउलाइ अर्को रमाइलो नामले पनि चिनिन्छ। विशेष गरी यो नामबाट विदेशी पर्यटकहरु परिचित छन्। त्यो हो मङ्‍की टेम्पल। यसको कारण यहाँ भएका बाँदर  हुन्। यहाँ धेरै संख्यामा बाँदर पाइन्छन्।

वरिपरी जता हेरे पनि बाँदर खेलिरहेको, डुलिरहेको पाइन्छन्। कहिलेकाहीँ मानिसहरुले लिएर आएको झोलामै आक्रमण गरेर पनि दु:ख दिएको देखिन्छ। विशेष गरी ठूलो जमातमा भएका र बच्चा बोकेका बाँदरहरु आक्रामक हुन्छन्। खाना खोस्न आउने हुनाले खाना छ भने विशेष ध्यान दिनुपर्छ। नत्र बाँदरहरु आफ्नै किसिमले रमाइरहेका हुन्छन्।

आफ्नै तालमा रमाउँदै गर्दा खिचिएका केही तस्बिरहरू

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.