|

काठमाडौं : पुनरुत्थानवादी शक्ति नेपालले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ। उसले समाज कल्याण परिषद्को भनवनमा उपराष्ट्रिपतिको कार्यालय सार्ने सरकारको निर्णयको विरोध गरेको छ।

तत्कालीन रानी एश्वर्यले रुसी दूतावाससँग खरिद गरेर जनतासँग चन्दा उठाएर निर्माण गरेको परिषद्को भवनमा उपराष्ट्रपतिको कार्यालय सार्नु गलत भएको पुनरुत्थानवादी शक्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारलाई आफ्नो निर्णय सच्चाउन र परिषद्को भवन यथावत रुपमा नै सञ्चालन गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। सरकारले आफ्नो आग्रहलाई बेवास्ता गरेमा उपराष्ट्रपतिको कार्यालय हटाइ परिषद्कै कार्यालाय सञ्चालनमा ल्याउन आन्दोलन गर्ने चेतावनी दिइएको छ। सरकारले गत भदौ २१ गते उपराष्ट्रिपतिको कार्यालय समाज कल्याण परिषद्को भवनामा सार्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.