|

रुपन्देही : प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको फेरबदल भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेको बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओली समितिको सदस्य भएका हुन्हु। 

१५ सदस्यीय सो समितिले तीन महीनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भनिए पनि करीब पाँच महीनाको समय बितेको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिको नाम हेरफेरको विषयलाई लिएर केही दिनअघि नेपाली काङ्ग्रेसले प्रदेशसभाको बैठक सञ्चालन गर्न अवरोध खडा गरेको थियो । 

त्यस्तै प्रदेश नं ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य नारायणप्रसाद आर्चायले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गरे। 

अर्का सदस्य डिल्ली चौधरीले उत्खनन गर्दा पानीको स्रोतलाई बचाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन गर्दा पहिलो प्रयोगकर्ता स्थानीय हुनपर्ने बताए। प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पानीको मुहान संरक्षण गर्ने बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.