|

कञ्चनपुर ः नेपाल–भारतका सीमा सुरक्षा बलद्बारा संयुक्त रुपमा सीमा क्षेत्रमा गस्ती गरेका छन्। 

कञ्चनपुरको महाकाली नगरपालिकानजिक रहेको सीमा स्तम्भ नम्बर २१ देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर २७ सम्म सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले गस्तीको कार्य गरेको हो।

सीमा क्षेत्रमा हुने अवैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य नियन्त्रण सँगै सीमा स्तम्भको सुरक्षाका लागि गस्तीको कार्य गरिएको सशस्त्र प्रहरी बल आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र सिंहले बताए।  'दुवै देशका नौ जनाको सीमा सुरक्षा बलको टोलीले पैदल नै सीमा क्षेत्रमा गस्ती गरेका छन्' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.